अन्तर्राष्ट्रिय

अमेरिकी र चीनबीच व्यापार सम्झौता


काठमाडौं—अमेरिकी र चीनबीच व्यापार सम्झौता भएको छ । जेनेभामा दुई दिन भएको वार्तापछि अमेरिका र चीनबीच व्यापार सम्झौता भएको हो । यो सम्झौतापछि अमेरिकी अधिकारीहरुले महत्वपूर्ण उपलब्ध हासिल भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले दुई दिनको वार्ता रचनात्मक भएको र निकै छिटो सहमतिको बिन्दुमा पुगेको बताए । चिनियाँ प्रतिनिधिले संसारका लागि खुशीको खबर हुने प्रतिक्रिया दिएका छन् ।

बेलाबेला अतिरिक्त शुल्क र कर लगाएर व्यापार युद्धको अवस्थामा पुगेका दुई देशका अधिकारीहरुबीच व्यापार सम्झौता हुनुलाई उपलब्धिमूलक मानिएको छ ।हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको व्यापार घाटा १२ सय अर्ब डलर पुगेको भन्दै ट्यारिफ लगाउने घोषणा गरेका थिए ।त्यसको जवाफमा चीनले पनि करको दरमा वृद्धि गरेको थियो ।