काठमाडौं—आज २५६९औँ बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन्। २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तुमा शुद्धोधन र मायादेवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो।
उमेर बढ्दै गर्दा मानिसका दुःख देखेर उनि चिन्तित बनेका थिए । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए । इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो।
दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो। सम्यक् संकल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि आठ मार्गको ज्ञान बाँडेका छन् । बुद्धजयन्तीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
प्रतिक्रिया