अर्थनीति

पछिल्लो ९ महिनामा मासिक १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो


काठमाडौं—नेपालमा पछिल्लो ९ महिना (साउनदेखि चैतसम्म) मा मासिक १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको जनाएको हो । बैंकका अनुसार रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष सोही अवधीमा १७.२ प्रतिशत बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ८ अर्ब ७४ करोड भित्रिएको हो । जुन ७.३ प्रतिशतले वृद्धि भएको हो । चालु आव ९ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार २२ छ । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने २ लाख ४९ हजार ६ सय ५२ पुगेको राष्ट्र बैंकले जनाएको छ ।