काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते राजावादीहरूको एउटा बेलुन फुटिसकेको भन्दै जेठ १५ गते अर्को बेलुनमा हावा भर्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् ।
किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले ‘खबरदार’ भन्दै राजावादीहरूलाई आन्दोलनमा नउत्रन चेतावनी दिएका हुन् । राजसंस्था पुनस्र्थापना र हिन्दुराज्यसहितका माग राख्दै संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ । आजै मात्रै समितिले बैठक बसेर आन्दोलनका कार्यक्रमहरू तय गरेको छ ।
साथै, प्रचण्डले नेपालका उत्पीडित, वर्ग, जाती, क्षेत्र समुदाय, जो पहिचान र अधिकारको चेतनाद्वारा जागेको र कसैले पनि जागेको शक्तिलाई रोक्न नसक्ने भनाइ राखे । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनले राजावादीहरू अझै उस्तै हत्यातर्फ नै उद्धत देखिएको प्रचण्डको आरोप थियो ।
प्रतिक्रिया