Breaking

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु


नवलपुर । कावासोती नगरपालिका–११ लोकाहा निवासी एकै परिवारका दुई दाजुभाइको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ।

आज साँझ रिठेपानी सडक खण्डमा भएको दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका भाइ २२ वर्षीय सागर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका नवलपुरका प्रहरी निरीक्षक सुदिप पौडेलका अनुसार लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुवै जना मुण्डेबाट लोकाहातर्फ जाँदै गर्दा सवारी चालकले नियन्त्रण गुमाउँदा सडकको किनारमा रहेको कल्पटमा ठोक्किएको प्रहरी जनाएको छ।