भारत सरकारले पाकिस्तानसँगको युद्ध चलाइरहेका बेला त्यहाँको स्वतन्त्र प्रेसमाथि समेत बन्देज लगाएको छ । सामाजिक सञ्जालमा कडाइ गरिरहेको भारतले स्वतन्त्र पत्रकारिताका लागि चर्चित मानिएको भारतकै प्रभावशाली मानिने अनलाइन मिडिया द वायरमाथि अवरोध सिर्जना गरेको हो ।
अंग्रेजी र हिन्दी भाषाको उक्त डिजिटल पत्रिकामाथि भारतले सरकारले भारतभर अवरोध गरेको द वायरले विज्ञप्तिमार्फत जनाएको छ । उसले सरकारको यो कदमलाई संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपरित भनेको छ ।
इन्टरनेट सेवा प्रदायकहरूले यो अवरोधका बारेमा अनेकथरी कुरा गरिरहेको भन्दै सन्चार मन्त्रालयको हवाला दिएर आफ्नो प्रसारणमा अवरोध जनाएको उल्लेख छ । द वायरले सरकारको उक्त कदमविरुद्ध सबै कानूनी प्रक्रिया अपनाइने भन्दै सबैको सहयोगको याचना गरेको छ ।
प्रतिक्रिया