नेपाली कांग्रेस सांसद दीपक गिरीले नीति तथा कार्यक्रममा विदेश जाने युवाको लर्कोलाई रोक्नसक्ने कार्यक्रम नसमेटिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गिरीले विगतलाई सम्झने हो भने सत्ता पक्षीय सांसदको हैसियतमा ‘स्मल इज ब्युटिफुल’ भने पनि वर्तमान अवस्थामा भने अलिकति नराम्रो नराम्रो हो कि भन्ने लाग्न थालेको बताएका हुन् ।
सांसद गिरीले नीति तथा कार्यक्रममा स्पष्ट रुपमा प्रस्तुत भएका कुराहरू बदल्न सकिन्छ त ? भन्दै प्रश्न गरे। त्यसैले नीति तथा कार्यक्रममा प्रस्तुत नभएका कुरा चर्चाको रुपमा बलियो ढंगले आएकाले अब परम्परागत शैलीलाई परिवर्तन गर्दा नै राम्रो हुने बताए। उनले नीति तथा कार्यक्रममा भएका कार्यक्रम लागू गरे वास्तवमै राम्रो रहेको उल्लेख गरे।
प्रतिक्रिया