समाचार

आज कानून दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौं—आज७३औँ कानून दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्र्दनमा जोड दिँदै कानुन दिवस मनाइन्छ ।

२००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा कानुन दिवस मनाउन थालिएको हो।सर्वोच्च अदाललते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य तथा प्रधानमन्त्री केपी ओलीको विशिष्ट अतित्थतामा आज अपराह्न विशेष कार्यक्रम आयोजना गरेको छ ।

सर्वोच्च, उच्च र जिल्ला गरी तीनै तहका अदालतमा झन्डै एक लाख ७० हजार मुद्दाको चाङ रहेको छ । जनशक्ति अभावले मुद्दा फस्र्योटमा ढिलाइ भएको बताउने गरिएको छ । तर, तीनै तहका अदालतमा लामो समयदेखि ३५ न्यायाधीश रिक्त हुँदासमेत नियुक्तिमा न्यायपरिषद्ले चासो देखाएको छैन ।