काठमाडौं—प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आज पनि सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुँदै छ । नीति तथा कार्यक्रममाथि सांसदले धारणा राख्ने क्रम आजै सक्ने तयारी छ ।
आजको बैठकमा बोल्न बाँकी सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेछन्। नीति तथा कार्यक्रममाथि सोमबारदेखि निरन्तर छलफल भइरहेको छ।
नीति तथा कार्यक्रममाथिको छलफलको लागि प्रतिनिधिसभामा छुट्याइएको १८ घण्टामध्ये अब ३ घण्टा मात्रै बाँकी रहेकाले आज छलफल सकिने संसद् सचिवालयले जनाएको छ।
दुवै सदनमा यही वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका तय भइसकेको छ।
प्रतिक्रिया