समाचार

कुष्ठरोगमुक्त नेपाल कहिले ? प्रत्येक वर्ष करिब ३ हजार बिरामी थपिँदै, कहाँ चुक्दै छ सरकार ? (भिडियो)


काठमाडौं—सरकारले सन् २०३० सम्ममा कुष्ठरोग नेपालबाट सम्पूर्ण रुपमा सधैँका लागि उन्मुलन हुने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ को अन्त्यसम्म नयाँ फेला परेका २ हजार ४ सय ७२ कुष्ठरोगीहरुमध्ये महिलाको संख्या १ हजार ४२ रहेको सरकारी तथ्याङक छ ।

सम्मेलनको उद्घान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासंकल्प भएको बताए ।

सरकार सिंगो नेपाललाई नै निरोगी नेपाल बनाउने संकल्पसहित अघि बढिरहेको बताउँदै रोग लाग्नै नदिनका लागि सन्तुलित खानपिन पनि एउटा महत्वपूर्ण विषय रहेको उल्लेख गरे ।