काठमाडौं—बेलागम बोलीका कारण कूटनीतिमा कमजोर हुँदै गएको नेपाल, भारत–पाकिस्तान युद्धमासमेत चुकेको छ । यो युद्धले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण नेपाल जोखिममा रहँदा उनीहरुको भनाइले यसमा अझ खतरा थपेको छ ।
युद्ध शुरु भएसँगै अहिले भारत पाकिस्तान विश्वभर आफ्नो पक्षमा माहोल तयार पार्न लागिपरेका छन् । यसैको उदाहरण भारतका विदेशमन्त्री एस जयशंकरले आतंकवादविरुद्ध शून्य सहनशीलताका लागि आह्वान नै गरेका छन् । यता पाकिस्तानसमेत युद्धस्तरमा समर्थन जुटाउन लागी पर्दा नेपालसमेत भूराजनीतिक दवावमा छ ।
यो अवस्थामा नेपालले दुवै पक्षसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौती छ भने भारतले आफ्नो पक्षमा पार्न कसरत शुरु गरिसकेको छ ।
प्रतिक्रिया