जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफ भारतले बुधबार बिहानै पाकिस्तानमाथि हवाई आक्रमण गरेर दिएको छ । यो घटनाले आणविक हतियार सम्पन्न दुई छिमेकी राष्ट्रबीच ‘पूर्ण’ युद्ध हुने खतरा बढाएको छ ।
पहलगामको पर्यटकीय क्षेत्रमा गत अप्रिल २२ मा आतंककारी हमला हुँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । त्यसलगत्तै भारत र पाकिस्तानले एकअर्कालाई हवाई उडानमा प्रतिबन्ध लगाए । एक देशका नागरिकलाई अर्को देश आउजाउ गर्न र आयात–निर्यातमा रोक लगाए ।
भारतले नदीको पानी बाँडफाँट सन्धि निलम्बन गर्दै सीमापार जाने पानीको प्रवाह नै रोक्यो । त्यही क्रममा भारतको सैन्य अभ्यास, पाकिस्तानको मिसाइल परीक्षण हुँदै बुधबार भारतले पाकिस्तानी सीमाभित्रै छिरेर हवाई हमला गरेको हो । भारतले आक्रमण गरेपछि पाकिस्तानले पनि बुधबार राति मिसाइल र ड्रोन आक्रमणको कोसिस गरेको छ ।
प्रतिक्रिया