काठमाडौं—पहलगाम आक्रमणको १५ दिनपछि भारतले बुधबार बिहान पाकिस्तानमा हवाई तथा मिसाइल हमला ग¥यो । दुई देशबीच बढ्दो तनावका बीच भारतले गरेको सैन्य आक्रमणमा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक तथा कमाण्डर मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिए ।
उक्त हमलामा ३१ जनाको मृत्यु भएको जनाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा थालिएको अपरेसन सिन्दूरले आतंकवादीहरुको आश्रयस्थल मानिएका विभिन्न ९ स्थानमा आक्रमण गरिएको थियो ।
भारतको अपरेसन सिन्दूर हमलासँगै भारत–पाकिस्तान दुवै मुलुक युद्धमा होमिएका छन् । भारतीय हमलापछि पाकिस्तान स्तब्ध छ । सडकमा सर्वसाधारण त सदनमा सांसदहरुको रुवाबासी नै चलेको छ ।
प्रतिक्रिया