Breaking

सत्ता ढाल्ने अवस्थामा गभर्नर काण्ड, ओलीमाथि देउवाको शंका, बिचौलियालाई रजगजको अवसर (भिडियो)


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नेपाल राष्ट्र बैंकको भावी गभर्नरको विषयमा सहमति भइसकेको भनिए पनि महिना दिन बित्दासमेत नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

प्रधानमन्त्री ओली र देउवाबीच डाक्टर गुणाकर भट्टलाई भावी गभर्नर बनाउने सहमति भएको दाबी गरिएको छ । कांग्रेस निकट भट्ट देउवा र कांग्रेसकै बलमा गभर्नर हुने पक्का भएपछि बैशाख ५ गतेदेखि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएर बसेका छन् ।

तर गभर्नरकै रेसमा रहेकी वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाले तीन सातादेखि भट्टको राजीनामा स्वीकृतमा अड्को थापेकी छन् ।