Breaking

फेरि आक्रामक तयारीमा राजावादी, चारै नेता एकै मञ्चमा, गणतन्त्र दिवसकै दिन फाइनल आन्दोलन (भिडियो)


काठमाडौं—एउटै लक्ष्य र गन्तव्य बोकेर हिँडिरहेका राजावादीहरू एक ठाउँमा उभिन नसकिरहेको अवस्थामा त्यसलाई चिर्दै अहिले एकीकृत भएका छन् । बिहीबार संयुक्त जनआन्दोलन समितिले जनआन्दोलनको घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघि छुट्टाछुट्टै देखिँदै आएकाहरु एक ठाउँमा उभिए ।

राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मलाई मूल मुद्दा बनाएको समितिको कार्यक्रममा संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपाल राष्ट्रिय अभियानका अध्यक्ष केशरबहादुर विष्टले एउटै मञ्चबाट हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र स्थापना गरेरै छाड्ने उद्घोष गरे ।

गणतन्त्र स्थापना दिवस अर्थात् जेठ १५ गतेलाई लक्षित गरेर समितिले अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ । व्यवस्था परिवर्तनका लागि हुन लागेको आन्दोलन भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा हुने हुँदा शान्तिपूर्ण हुने समितिको भनाइ छ ।