Breaking

माओवादी अध्यक्ष प्रचण्ड र भाजपाका वरिष्ठ नेता कोश्यारीबिच भेटवार्ता


काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा भेटवार्ता भएको हो ।

प्रचण्डको सचिवालयले भेटवार्ताको तस्वीर सार्वजनिक गरेको छ । तर, भेटवार्ताको विवरण खुलाएको छैन । कोश्यारी नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)का भारततर्फका संयोजक हुन् ।

एक धार्मिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन् । यसअघि भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आउँदा प्रचण्डलगायत विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए ।