Breaking

रवीन्द्र मिश्रलाई म्याद थपका लागि सातौं पटक अदालत लगियो


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सातौं पटक अदालत लगिएको छ । वैशाख २१ मा थपिएको ५ दिनको म्याद सकिएसँगै उनलाई जिल्ला अदालत काठमाडौं पु¥याइएको हो ।

मिश्रलाई आज पनि हत्कडी लगाएरै अदालत पु¥याइएको थियो । गाडीबाट ओर्लिएपछि पनि हत्कडी नफुकालिएको त्यहाँ पुगेका राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले बताए ।

उनले आफूले मिश्रको फोटो खिच्न खोज्दा प्रहरी इन्स्पेक्टरले ‘कैदीको मानव अधिकार हनन् हुन्छ भन्दै नदिएको बताए ।