काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा भारत–पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका काम कारबाहीसहित समसामयिक विषयमा छलफल हुने सचिवालयले जनाएको छ। राष्ट्र बैंकको गभर्नर रिक्त भएको १ महिना बित्दा पनि नियुक्ति हुन सकेको छैन ।
ऐनअनुसार गभर्नरको कार्यावधि सकिनुभन्दा एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भएपनि हालसम्म नियुक्त हुन सकेको छैन ।
प्रतिक्रिया