Breaking

राजावादीले घोषणा गरे अनिश्चितकालीन जनआन्दोलन


काठमाडौं—राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । राजसंस्था पुनस्र्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।

आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले घोषणा गरे ।