Breaking

गोलघरको यातनाले मेरो मृर्गौला फेल भयो : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुुइँमा राखेर यातना दिइएका कारण आफ्नो मिर्गौला फेल भएको बताएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो। अल्सर भयो, दुखेर असैह्य हुन्छ। पेटभरी घाउ भएर, भतभत पोल्छ। रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ। पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ?’ उनले सुनाए। 

उनले पेन किलर सेवन गर्दा मिर्गौला फेल भएको उल्लेख गरे। तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए।