काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियामा प्रयोग हुने भाषाप्रति आपत्ति जनाएका छन् । गोरखापत्र दैनिकको १ सय २५ औं वर्ष प्रवेश तथा ६३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनल यस्तो आपत्ति जनाएका हुन् ।
गोरखापत्रले मात्रै नेपाली भाषाको सम्मान गरेको तर्क गर्दै उनले खासगरी ‘तिमी’ सम्बोधन गरेकोमा विमति राखेका हुन् । उनले राजतन्त्रको बेलामा पत्रपत्रिकाले प्रयोग गर्ने भाषा र शब्दहरूको पनि टिप्पणी गरे । गोरखापत्रले सिंगो समाजको साँच्चै सेवा गरेर गुन लगाएको ओलीको भनाइ थियो ।
प्रतिक्रिया