काठमाडौं—भारतले पाकिस्तान माथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको परिवारका १० जना सदस्यसहित २६ जना मारिएको बीबीसीले जनाएको छ ।
भारतले गएराति ‘अपरेसनसिन्दुर’ नामदिएर हवाई आक्रमण गरेको हो । आतंकवादी हमलाहरूको योजना बनाइएको स्थानमा हमला गरेको भारतले दाबी गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको निगरानी गरेका थिए ।
यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारण नागरिकविरुद्ध हवाई हमला गरेको दाबी गरेका छन् । जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको बयानमा अजहरकी दिदी र भिनाजुसाहित सो परिवारका ५ सालका बच्चासहित मारिएका छन् ।
यसक्रममा उनीहरुका तीन सहयोगी पनि मारिएको संगठनले जनाएको छ । पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदारहरु मारिएका हुन् । सो संगठनले सन् २०१९ मा गरेको आत्घाती बमविष्फोटमा ४० सैनिकको मृत्यु भएको थियो ।
प्रतिक्रिया