Breaking

भारत–पाकिस्तानबीच तनाव बढेपछि राष्ट्रिय सुरक्षा समितिको बैठक बस्यो


काठमाडौं—केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ । दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले भारत र पाकिस्तानबीच बढेको तनाबलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो ।

बैठकमा भारत र पाकिस्तानबीच बढेका तनाबपछि नेपालमा पर्न सक्ने प्रभावबारे पनि विश्लेषण गरिएको छ । त्यस्तै बैठकमा छिमेकी राष्ट्र भारत र पाकिस्तानमा रहेको नेपालीहरूको सुरक्षा अवस्थाबारे पनि छलफल भएको थियो ।

बैठकमा गृहमन्त्री लेखक, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी सहभागीलगायत सहभागी थिए । यसअघि सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइसकेको छ ।