काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामथ्र्य स्पष्ट पारिदिएको टिप्पणी गरेका छन् ।
उनले काँग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता समेत मजाकजस्तो भएको टिप्पणी गरे । सरकार दुई दलबीचको सम्झौताअनुसार अगाडि बढ्न नसक्दा सम्झौतापत्रमा लेखिएका बुँदाहरु मजाकजस्तो भएको बताए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राष्ट्र निर्माणको लागि दृढ संकल्पका साथ नीति तथा कार्यक्रम आउनुपर्ने भएपनि त्यस्तो आउन नसकेको बताए ।
सांसद पौडेलले नीति तथा कार्यक्रमले सिक्ने किसिमको नीति तथा कार्यक्रम समेत ल्याउन नसकेको बताए ।
प्रतिक्रिया