Breaking

अर्थमन्त्री पौडेल प्रचण्ड निवासमा, बजेटबारे जानकारी 


एमाले नेता तथा अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । मंगलबार बिहान प्रचण्ड निवासमा पुगेर भेटवार्ता गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सचिवालयका अनुसार भेटमा बजेटबारे छलफल भएको थियो ।