प्रधानमन्त्री केपी शर्मा ओली विगत एक दशकभन्दा बढी समयदेखि नेकपा एमालेको नेतृत्वमा छन् । अध्यक्ष भएर एमालेमा राज गर्दै आइरहेका ओलीविरुद्ध बोल्ने आँट कोहीकसैले गर्न सकेका थिएनन् । तर अहिले भने आफ्ना विरोधीलाई भित्तामा नै पु¥याउने छवि बनाएका उनीविरुद्ध पार्टीभित्रै असन्तुष्टिका आवाजहरू सुनिन थालेका छन् ।
जबजको प्रतिपादक स्वर्गीय मदन भण्डारीको सैद्धान्तिक विचार र मनमोहन अधिकारीको लोकप्रियताले देशको ठूलो कम्युनिष्ट पार्टी बनेको नेकपा एमालेलाई पछिल्लो समय ‘बा एण्ड कम्पनी’को रूपमा बुझ्ने धेरै छन् । बा यानिकी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एमालेलाई निजी कम्पनी जस्तै सञ्चालन गरेको आरोप लाग्ने गर्छ । तर, पार्टीको नेतृत्व सम्हालेदेखि आफ्नो बोली नै पार्टीको लाइन हुने परिपार्टी बसालेका ओलीविरुद्ध बढ्दो असन्तुष्टि बिस्तारै बाहिर आउन थालेको छ । पार्टीभित्र ओलीको एकलौटी शासनले चरम सीमा नाघ्न थालेपछि ओलीकै खास मान्छेहरूले पनि हिम्मत देखाएर ओली प्रवृत्तिको प्रतिवादमा उत्रिने आँट गरेका छन् ।
आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा महासचिव शङ्कर पोखरेलले पार्टीका दुई नेताहरूलाई गरेको कारबाही फुकुवा गर्नु पर्ने भन्दै आवाज उठाए । पोखरेलले स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गर्नु पर्ने प्रस्ताव अघि सारे पनि अध्यक्ष ओलीले महासचिवको प्रस्तावलाई सिधैँ अस्वीकार गरेका थिए । अहिलेसम्म ओलीको बोली काट्न नसकेको पदाधिकारीभित्र महासचिवले नै आवाज उठाउँदा उनीप्रतिको असन्तुष्टिको बिजारोपण भएको छ ।
त्यस्तै सचिवालय बैठकमै ओली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबीच पनि सवाल जवाफ चलेको थियो । ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएको विषय पनि प्रवेश गराउँदा ओली र शाक्य सवाल जवाफमा उत्रिएका थिए । विद्या भट्टराईले राजीनामा दिएको विषयमा शाक्यले सामाजिक सञ्जालमा सक्षम र इमान्दार भएकै कारण राजीनामा दिनुपरेको हो ? भन्दै असन्तुष्टि पोखेकी थिइन् ।
ओलीले त्यसै विषयलाई उठाउँदै काम गर्न नसकेर भट्टराईले राजीनामा दिएको कुरालाई आफ्नै पार्टीका नेताबाट चर्चामा ल्याइएको बताएका थिए । साथै, शाक्यले पनि आफूलाई लक्षित गर्दै क्षमताको कुरा निकालेपछि बैठकमा आफ्ना धारणा प्रस्ट पारेकी थिइन् । भट्टराई योग्य र सक्षम रहेको आफ्नो बुझाइरहेको र उनलाई हौसला दिनका लागि उनको पक्षमा उभिएको प्रस्टीकरण शाक्यले दिएकी थिइन् । साथै आफ्नो भनाइ चित्त नबुझेको भए, सोझै आफूलाई नै भत्रुको साटो किन संसदीय दलको बैठकमा बोलेको भन्दै शाक्यले प्रश्न गरेकी थिइन् । ओली र शाक्यबीचको सवाल जवाफ चलिरहँदा अन्य पदाधिकारीहरू भने चुपचाप बसेका थिए ।
सत्ता साझेदार दल नेपाली कांग्रेसकै नेताले सरकारको कार्यशैलीलाई लिएर आलोचना गरेको प्रसङ्ग उठाएर सदस्यहरूले त्यसबारे पनि जिज्ञासा राख्दा ओलीले कांग्रेसका एक तप्का विरोध गर्नकै लागि भएको भन्दै आफ्नै नेताहरूलाई सरकार कुनै पनि हालतमा ढल्ने स्थितिमा नरहेको स्पष्टीकरण दिएका थिए । पार्टीभित्रको आधिकारिक फोरममा नै ओलीमाथि पदाधिकारीले प्रश्न उठाए, जुन एमालेको नेतृत्वमा ओली आइसकेपछि प्राय हराइसकेको थियो ।
त्यसमा पनि महासचिवले नै ओलीको निर्णयमाथि आवाज उठाउनु भनेको ओलीमाथि विस्तारै सङ्कट पैदा हुने सङ्केत हो । ओलीप्रति असन्तुष्टि बढ्दै गए पछि उनको बचाउमा श्रीमती नै उत्रिनु परेको छ । सिराहमा ओलीको कार्यक्रमलाई उपेक्षा गर्दा काठमाडौंमा पनि १५ दिन अघिदेखि तयारी गरिएको युवा सेलिब्रेसनलाई सुहाङ नेम्वाङले नै पत्याएनन् । ओलीको नेतृत्वमा सरकार बनेदेखि नै गठबन्धन सरकार भए पनि एमालेमात्रै बद्नाम भएको पदाधिकारीको चिन्ता छ । एमालेमा निरन्तर सर्वशक्तिमान् भएर बसिरहेका ओली बिस्तारै घेराबन्दीमा पर्दै जाँदा उनलाई एमालेजनले नै पत्याउन छाडेको त होइन ? भत्रे प्रश्न उब्जिएको छ । जसले सत्ता टिकाउन अनेक उपाय लगाइरहेका ओलीका लागि पार्टी भित्रैको ड्यामेज कन्ट्रोल गरेर अगाडि बढ्न अर्को चुनौती थपिएको छ ।
प्रतिक्रिया