काठमाडौं—प्रहरीले तीनकुने घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १५ गते भएको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न थप एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राज संस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार ७२ वर्षीय खेमराज सेढाई रहेका छन् । सेढाई नुवाकोट लिखु गाउँपालिका ३ घर भई काठमाडौं महानगरपालिका ७ बस्दै आएका थिए ।
उनी गत चैत १५ गते तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा सलंग्न रहेको परिसरका सूचना अधिकारी अपीलराज बोहोराले जानकारी दिए ।
प्रतिक्रिया