Breaking

नीति तथा कार्यक्रममा राष्ट्रिय सहमतिको आवश्यकता छ : जनार्दन शर्मा


काठमाडौं—नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले नीति तथा कार्यक्रममा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले एउटा पक्षले मात्र ल्याउने कार्यक्रमले देशका समग्र समस्या समाधान हुन नसक्ने बताए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम झन् पछाडि धकेल्ने गरी आएको बताएका शर्माले आर्थिक विकासमा सत्ता र प्रतिपक्ष नभनीं राष्ट्रिय सहमतिको आधारमा नीति तथा कार्यक्रमलाई संशोधन गर्नुपर्ने धारणा राखे ।

सांसद शर्माले संघीयताको कार्यान्वयनमा सरकारको नीति तथा कार्यक्रम प्रतिबद्ध नदेखिएको पनि बताए । यस्तै, स्थानीय तहलाई सेवा प्रवाहको प्रतिस्पर्धामा ल्याउने सोच पनि सरकारमा नदेखिएको चर्चा गरे ।