Breaking

कुलमान घिसिङलाई समर्थन गरेको झोंकमा प्रधानमन्त्रीले आफ्नै मन्त्रीलाई निष्काशित गरे : प्रचण्ड


काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई समर्थन गरेको झोंकमा प्रधानमन्त्रीले आफ्नै मन्त्रीलाई निष्काशित गरेको बताएका छन् ।

प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले बिजुलीको अर्बौं बक्यौता नतिर्नेहरूलाई खुसी पार्न पनि कुलमानलाई विद्युत प्राधिकरणको नेतृत्वबाट हटाएको बताए ।