Breaking

ओली–आरजुको मिलनले कांग्रेसमा भाँडभैलो, हटाउन गगन–शेखरको लबिङ


झण्डै दुई तिहाइको बलियो सरकार टिक्ने भएपनि नबिक्ने अवस्थामा पुगेको छ । सत्तासहयात्रीले नै गरेको विरोध र पेल्ने रणनीतिमा रहेको एमालेका कारण यस्तो अवस्था बनेको हो । फलतः न त सरकारले काम गर्न सक्ने न त ढल्न नै सक्ने अवस्था बन्दा बाध्यात्मक राजनीतिक स्थिरताको मार देशले भोगिरहेको छ ।

सत्ता सहयात्रीनै विरोधमा उत्रिने तर प्रधानमन्त्री केपी शर्मा ओली पेलेर जाने देखिँदासरकार नतिजाविहीन बनेको छ । राजनीतिक स्थिरताको भाष्यले अहिले न त नेपाली कांग्रेस सत्ता ढाल्न सक्छ न त विरोधमा उत्रिएको गुटले विकल्प नै दिन्छ । जहाँसभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा पालो आए अरु केही नचाहिने अवस्थामा छन् । यसबाहेक यो समीकरण परिवर्तन भएपनि नेतृत्वमा आउनेले परिणाम दिने अवस्थासमेत छैन ।

फलतः बलियो बनेका ओली देउवामात्र फकाएर अघि बढिरहेका छन् । उता कांग्रेसको इतरपक्ष भने देउवाकै लागि पार्टी किन सती जानुपर्यो भन्ने बुझाइमा छ । यही कारण सरकारको अपनत्व लिने भन्दा आफू चोखो हुने रणनीतिमै नेताहरु देखिन्छन् । यसैको उदाहरण सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले बाध्यतामा एमालेसँग मिल्नु परेको बताएका छन् । प्रतिस्पर्धीसँग सहकार्य गरेर संगठन नबन्ने टिप्पणी गरेका उनी कांग्रेसले गलतलाई गलत भन्नुपर्ने बताउँछन् । जसलाई अझ प्रष्ट पार्दै उनले सरकारमा गएका मन्त्रीहरू बाहेक अरू कसैले एमालेसँग सहकार्य गर्न आवश्यक नभएको बताएका हुन् ।

यता सरकारलाई मार्गनिर्देशन गर्ने उच्चस्तरीय राजनीति संयन्त्रका सदस्य गगन थापासमेत ओलीप्रति असन्तुष्ट छन् । विशेषतः कुलमान घिसिङ प्रकरण र गनर्भर नियुक्तिमा भएको ढिलाइले उनी सरकारविरुद्ध चर्को सुनिँदै आएका छन् । आफूले सरकारको रक्षा गर्ने तर प्रधानमन्त्रीले गलत निर्णय गर्नाले यो भारी बोक्न नसकिने बुझाइमा थापा छन् । यही कारण बिड तातेपनि ताप्के नतातेको भन्दै प्रधानमन्त्रीलाई छेडखानी हानेका उनी आफूहरूमा जस्तो छटपटाहट जिम्मेवारी बोकेकाहरुमा नभएकाले सरकारको आलोचना गर्ने गरेको प्रष्ट्याएका छन् । त्यस्तै अहिलेसम्म एमालेको विकल्प खोज्ने सोचमा नरहेकोसमेत प्रष्ट्याएका उनी आफूले गरेको विरोध सरकारको हितकै लागि भएको तर्क गर्छन् ।

तर रोचक त के छ भने उनीहरुका अमूर्त कुराले न त विकल्प दिन्छ न त ओली सुध्रिन्छन् । बरु आफ्ना नेता फकाउने जिम्मा कांग्रेसको भएको बुझाइमा रहेका ओली अब शेरबहादुर र आरजुले भनेको सबै मान्ने अरुलाई नगन्ने बाटोमा छन् ।

जुन कदमले भूराजनीतिदेखि माओवादीको छटपटहाट केहीले पनि काम नगर्ने विश्वासमा रहेका उनी उल्टै कांग्रेसमाथि नै हाबी बनिरहेका छन् । यही कारण न त सरकारले काम गर्ने न त कांग्रेसले दवाव दिन सक्ने ?दुवै हुन सकेको छैन । जसले सरकारको नीति तथा कार्यक्रममाथि नै तीतो पोख्ने अनि पास गराउन ह्वीप लगाउनुपर्ने अवस्थामा कांग्रेस छ । यता ओलीलाई त उल्टै सहयात्री र मन्त्रीहरुकै साथ नपाएकाले काम गर्न नसकेको बहानासमेत बन्दै छ ।

हुन त कांग्रेस ओलीमाथि मात्र दोष थोपरेर भाग्न पाउने अवस्थामा छैन । त्यस्तै मन्त्री फेर्ने विषय होस् कि विकल्प दिने विषय होस्सहयोग नगर्ने अनि परिणाम खोज्ने कांग्रेसको बाटोसमेत उल्टो छ । जहाँ समीकरणको बैठक चाहिँ बहिष्कार गर्ने अनि बाहिर मात्र कराउँदै हिँड्ने कांग्रेसी नेताहरुको चरित्रले सरकार सुध्रिने होइन सरकार टिक्ने तर नबिक्ने अवस्थामा पुगेको छ । यसलेन त सरकारले काम गर्न सकेको छ न त ढल्न नै सक्ने अवस्था बन्दा बाध्यात्मक राजनीतिक स्थिरताको मार देशले भोगिरहेको छ ।