Breaking

जापानका राजदुतले प्रधानमन्त्रीलाई भेटे


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीसित नेपालका निम्ति जापानका राजदूत माइदा तोरुले आइतबार शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदान अभिवृद्धि गर्ने बारेमा छलफल भएको थियो ।

आउँदो वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ मनाइने विषयमा समेत कुराकारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी थिए ।