Breaking

केआइआइटी प्रकरण : उचित न्याय प्रदान गर्न राष्ट्रियसभाको निर्देशन , एनओसी बन्द गर्न सांसदको माग


काठमाडौं—राष्ट्रिय सभाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रिसा साहको घटनाको निष्पक्ष छानविन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा आकस्मिक र शुन्य समयमा उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बताए । सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा बिहीवार बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन ।

प्रिसा ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेन्ड सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । नेपाल र भारत दुवै देशले कुटनैतिक माध्यममार्फत यस्ता घटना दोहोरि रहनुपर्ने कारणको गहिराइमा गएर खोजि गर्न र आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानविन गरी, यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाका सांसदले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआईआईटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने माग गरेका छन्। साथै उनीहरुले त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुनेमा पनि जोड दिएका छन्। राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए ।