देश

एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै


काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे सुरु हुनेछ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारप्रति सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताहरूले गरेको टीकाटिप्पणीबारे पनि आजको बैठकमा छलफल हुने जनाइएको छ ।