देश

नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध


काठमाडौं । अहिले काठमाडौंका अधिकांश स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागका छ । आगामी तीन दिनसम्म काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखा जनाएको छ ।

आगामी तीन दिन गण्डकी, कोशी, लुम्बिनीलगायत प्रदेशमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ ।

त्यसैगरी, रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका– ८ र ललितपुरको बागमती गाउँपालिका– २ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।