काठमाडौं । आवासीय चिकित्सक र सरकारबीच तीन वटा विषयमा सहमति भएको छ ।
आज काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो । तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ ।
स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन् ।
सहमतिसँगै मन्त्री पौडेलले आवासीय चिकित्सकहरुका मागहरु पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र
आवासीय चिकित्सकहरुले निर्वाह भत्ता आठौं तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरुको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएको बताए ।
प्रतिक्रिया