Breaking

नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेः अध्यक्ष भट्टराई


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको बताएकाछन् ।

शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा दलहरु चहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको बताए ।

लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने भन्दैे राजनीतिक दलहरुको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे ।

नेपालका राजनीतिक दलहरु नयाँ रहेको र दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सिमित रहेको बताए ।


अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रलले साँच्चै नै गुणात्मक फड्को मार्ने हो भने गैरआवासीय नेपालीहरुको भुमिका अहं हुने बताए ।