चीनले अमेरिकासँग व्यापार वार्ता गर्ने संकेत गरेको छ।
चीनको वाणिज्य मन्त्रालयले शुक्रबारको एक विज्ञप्ति निकालेर अमेरिकासँग व्यापार वार्ताको सम्भावनाको मुल्यांकन गरिरहेको बताएको छ। वरिष्ठ अमेरिकी अधिकारीहरूले बारम्बार चीनसँग भन्सार महसुलबारे कुरा गर्न तयार रहेको भनेकोप्रति आफ्नो ध्यान गएको बताएको छ। तर अमेरिकाले चीनप्रति इमानदारी देखाए मात्र वार्ता गर्ने भनेको छ।
‘अमेरिकाले चीनसँग वार्ता सुरू गर्ने आशमा हालै सम्बन्धित पक्षहरू मार्फत चीनलाई सन्देश पठाएको छ। चीनले अहिले त्यसको मुल्यांकन गरिरहेको छ,’ वाणिज्य मन्त्रालयले भनेको छ।
सो विज्ञप्तिले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार युद्ध मत्थर हुन सक्ने संकेत गरेको छ। चीनको विज्ञप्तिपछि विश्वभरिका सेयर बजार बढ्न थालेको ब्लुमबर्गले जनाएको छ।
प्रतिक्रिया