नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले नीति तथा कार्यक्रममा गुणात्मक परिवर्तनको मौका गुमाएको बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै डा. भट्टराईले यस वर्ष पनि निरन्तरतामै आएको बताए ।
‘गुणात्मक महत्वको परिवर्तनका कुराहरू आउँछन् कि भन्ने मेरो अपेक्षा थियो । तर, मैले त्यस्तो पाइनँ,’ संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निरन्तरतामै यो आयो । अहिलेको निम्ति त्यति पर्याप्त छैन । फेरि बजेटमा कस्तो व्यवस्था भएर आउँछ भन्ने हेर्न बाँकी छ ।’
पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले जेनजी र स्टार्ट अपको विषय आए पनि बजेटमा त्यसलाई कसरी सम्बोधन गरिनेछ भनेर हेर्न बाँकी रहेको बताए ।
प्रतिक्रिया