काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले गत फागुनसम्म नौ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । साढे ४६ अर्ब रुपैयाँ नाफा भने पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा–नोक्सान गणना गर्दा हालसम्म पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको शाक्यले बताए ।
महालेखाको प्रतिवेदनअनुसार लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका बुँदामध्ये प्राधिकरणले सात अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको र चार अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखांकन गरेको दाबी शाक्यको छ । यसबीचमा २९.९१ करोड रुपैयाँ आम्दानी नाघेको देखिएको उनले बताए ।
प्रतिक्रिया