अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई बर्खास्त


काठमाडौं—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई बर्खास्त गरेका छन्। सरकारका शीर्ष अधिकारीहरूले युद्ध योजनाबारे छलफल गरिरहेको सामूहिक च्याटमा एक पत्रकारलाई भूलवश समावेश गरिएको मामलामा ह्वाइट हाउसमा वाल्जको चर्को आलोचना भएपछि ट्रम्पले बर्खास्त गरेका हुन्।

एक महिनाअघियमनमा हुथी समूहमाथि हमलाको योजनाका बारेमा सिग्नल भनिने मेसेजिङ एपको समूहमा चर्चा गरेका थिए। सो समूहमा भूलवश अमेरिकाको एट्लान्टिक पत्रिकाका प्रधान–सम्पादक जेफ्री गोल्डबर्गलाई समेत वाल्जले सामेल गराएका थिए।

घटना सार्वजनिक भएपछि ह्वाइट हाउसमा सो विषयमा वाल्जको चर्को आलोचना भएको थियो।ट्रम्पलेकार्यभार सम्हालेको एक सय दिन पुगेपछि वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारबाट हटाएका हुन्।

ट्रम्पले वाल्जलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत बनाउनेसमेत बताएका छन् । ट्रम्पले विदेशमन्त्री मार्को रूबिओलाई तत्कालका लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको पनि जिम्मेवारी दिएका छन्।