काठमाडौं—सधैँ मुहारमा मुसुक्क मुस्कान छर्ने रवीन्द्र मिश्र विगत ३३ दिनदेखि प्रहरी हिरासतमा छन् । चैत १५ गतेतीनकुनेमा भएको राजावादीको प्रदर्शनमा भिडलाई उत्तेजित पार्न भाषण गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
उनीमाथि प्रहरीले राज्यविरुद्धको कसुुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । पटक पटक गरी मिश्र लगायतका नेता कार्यकर्तामाथि पाँचौँ पटक म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर राप्रपा लगायतका राजावादीहरुले भने मिश्रसहित राजावादी नेता कार्यकर्तामाथि नियोजित रुपमा राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै आएका छन् ।
एउटै घटनामा एकैदिन पक्राउ परेका राप्रपाका महामन्त्री तथा सांसद धवल शमशेर उपचारको नाममा छुटे पनि मिश्रलाई भनेझनझन म्याद थप गर्दै हिरासतमा गलाउने काम भइरहेको छ ।
प्रतिक्रिया