काठमाडौ—नेपालको सत्ता समीकरणमा खटपट देखिएका बेला भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले दुई दिनदेखि नेपाल भ्रमणमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १० महिनासम्म भारत भ्रमणको निम्तो नपाउनु, गठबन्धनमा खटपट तथा नेपालमा देखिएको निराशा र आन्दोलनको कारक नै ओली भएको रिपोर्टिङका बीच उनको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
उनले काठमाडौंमा राजनीतिक सक्रियता तीव्र पारेका छन् । अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. आरजु राणा, गृहमन्त्री रमेश लेखक, गगा थापा, शेखर कोइराला लगायत दर्जन नेतासँग भेट गरिसकेका छन् ।
प्रतिक्रिया