Breaking

संघीय संसदको संयुक्त बैठक बस्दै


काठमाडौं—आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम आज संघीय संसद्अर्थात प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । संघीय संसद्को बैठक आज दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ । सोही बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

सभामुख देवराज घिमिरेले दिउँसो २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यहरुलाई आसनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

अर्थतन्त्रलाई चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आउने सत्तारुढ दलका नेताहरूको दाबी छ ।