Breaking

बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा छ : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं—पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताएकी छिन् ।

सरकार सञ्चालनमा रहेका पार्टी दलकेन्द्रित भए कि भन्ने कुरा आउन थालेको प्रसंग उल्लेख गर्दै उनले व्यक्तिको आकांक्षा र महत्त्वाकांक्षाभन्दा हाम्रो राष्ट्रिय आकांक्षा के हो भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्ने बताइन् ।

सरकारले जिम्मेवारी बोधका साथ दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यक्रम ल्याउने प्रक्रिया सुरु गरेको प्रसंग उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनताका बढ्दो माग र सुविधालाई सम्बोधन गर्ने क्रममा पछिल्ला दिनमा भइरहेको तीव्र बसाइँसराइलगायत कारण आउनसक्ने चुनौतीकाबारे अब सोच्नुपर्ने बेला आएको बताइन् ।

उनले देशको विद्यमान विकासको ढाँचासहित शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने खाँचो पनि औँल्याइन् ।