काठमाडौं—पेस्तोल पड्काएर नाचेको भिडिओबारे जनता समाजवादी पार्टी (जसपा)नेपालकी नेता बबीसिंह यादवले प्रहरीलाई प्रष्टीकरण दिएकी छन्।
बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा उपस्थित भएर यादवले प्रहरीलाई उक्त भिडिओबारेको जानकारी गराएकी हुन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले उक्त पेस्तोल नक्कली भएको बयान दिएकी छन्।
एसपी खतिवडाका अनुसार त्यस्ता पेस्तोल बारूद हालेर पड्काउन मिल्छ। सर्लाही प्रहरीका डिएसी सरोज राईले पेस्तोल नियन्त्रणमा लिएको बताए।
डिएसपी राईका अनुसार घटना वैशाख ११ गतेको हो। पड्काइएको पेस्तोल मलंगवा–२ स्थित अन्जन कुमारको घरबाट बरामद गरिएको उनले बताए। घटनामा अन्य व्यक्तिलाई पक्राउ गरिएको छैन। यसबारे अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया