जम्मु कश्मिरमा भएको आतंकवादी हमलापछि अझ चिसिएको भारत पाकिस्तान सम्बन्ध भिडन्तमा पुग्ने खतरा बढेको छ । विश्वका विभिन्न देशले संयम अपनाउन दुवै पक्षलाई अपिल गरिरहँदा भारत भने आक्रामक देखिएको छ । जहाँ पाकिस्तानले समेत दुई देशबीच तनाव कम हुनेभन्दा भिडन्तको सम्भावना बढेको बताएपछि चिन्ता थपिएको हो । फलतः युद्धको सम्भावना कति छ त ?
जम्मु कश्मिरस्थित पहलगाम आक्रमणपछि अझ चिसिएको भारत पाकिस्तान सम्बन्ध युद्धको संघारमा पुगेको छ । सीमाक्षेत्रमा लगातार गोली हानाहान भइरहेको छ भने आतंकवादीलाई गतिलो उत्तर दिनुपर्ने बाध्यतामा भारत छ । त्यस्तै देशभित्रै पसेर आक्रमण गरिहाल्ने अवस्थामा समेत भारत नरहँदा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने भारतले आफ्नो तर्फबाट तत्काल हमला गर्न सक्ने बताएका छन् । समाचार संस्था रोयटर्सलाई अन्तरवार्ता दिँदै ख्वाजाले पाकिस्तानी सेनालाई भारतले गर्न सक्ने हमलाबारे सजग गराइएको पनि बताएका छन् ।
उक्त अन्तर्वार्तामा ख्वाजा आसिफले यदि मुलुकको अस्तित्वमाथि सिधँै खतरा उत्पन्न भयो भने मात्र पाकिस्तानले परमाणु अस्त्रको प्रयोग गर्ने बताएका छन् । ख्वाजा आसिफले रणनीतिक निर्णय लिइएको भन्नुको सङ्केत पाकिस्तानले नियन्त्रणरेखामा सैन्य उपस्थिति बढाउँदै छ। यता भारतीय मिडियाले यसलाई भारतबाट डरको भन्दै व्याख्या गर्दाख्वाजाले यसलाई भविष्यवाणीका रुपमा भने हेर्न नहुने बताएका छन् । फरक मिडियासँगको कुराकानीमा बोली सुधार्दै उनले अबका केही दिन भारतीय आक्रमणका दृष्टिले महत्वपूर्ण हुने बताएका हुन् ।
त्यस्तै पाकिस्तानले खाडी मुलुकहरू र चीनसँग कुराकानी गर्नुका साथै बेलायत र अमेरिकासहित अन्य मुलुकलाई पनि अवस्थाबारे जानकारी गराएको उनले बताएका छन् । तर सुरक्षाविज्ञहरुले भने यसलाई पाकिस्तानको डर नभई रणनीति भएको बताएका छन् । अर्थात पाकिस्तानबाट आएका खबरहरू भारततर्फबाट हुने कुनै पनि कारबाहीका लागि तयार छ भन्ने जनाउन चाहेको उनीहरुको भनाइ छ ।
यताअन्तर्राष्ट्रिय मामिलाका जानकार जेशन वैद्यपनि योयुद्ध अमेरिकाको मात्र रुचिको विषय भएको तर्क गर्छन् । यसले दक्षिण एसियामा चीन भारतको बढ्दो निकटता कम हुने र उदाउँदै गएको भारतीय अर्थतन्त्र कमजोर हुने वैद्यको भनाइ छ । उता पाकिस्तानसँग भने गुमाउन बाँकी नै केही नरहेको अवस्थामा खासै ठूलो प्रभाव नहुने उनको बुझाइ छ । बरु बढ्दै गएको गृहयुद्धको अवस्थामा भारतको आक्रमणलेपाकिस्तानमा राष्ट्रिय एकताको आधार बन्न सक्ने उनको बुझाइ छ ।
हुनपनि दुईदेशबीच युद्ध भए पाकिस्तान चुप बस्ने अवस्थामा छैन । सिन्धुजल सम्झौता निलम्बन भएको अवस्थामै पानी रोकिए युद्धको अर्थ लाग्ने पाकिस्तानले बताइसको छ । जहाँ आतंकवादी हमलामा संलग्नता रहेको भन्दै भारतले लगाएको आरोप खण्डन गरेको पाकिस्तानसँग आफूलाई सही देखाउनसमेत जवाफी आक्रमण गर्नुको विकल्प छैन । त्यस्तै दुई आणविक शक्ति सम्पन्न राष्ट्र भएका कारण कसैको उत्तजेना पनि घातक हुन सक्नेमा दुईमत छैन । यही कारण विश्वका विभिन्न देशले यी दुईदेशबीचको तनाव कम गर्नआग्रह गर्दै आएका छन् ।
तर कतिपयले भने भारत सीमामै केन्द्रित हुने अवस्थामा नरहेको तर्क गरेका छन् । किनभने यसअघि सन् २०१६ को सेप्टेम्बरमा उरीमा रहेको सैन्य क्याम्पमा भएको आक्रमण पछि भारतले पाकिस्तानभित्र सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो। त्यस्तैसन् २०१९ को पुलवामामा भएको आक्रमणपछि भारतले त्यही वर्ष फेब्रुअरीमा करिब पचास किलोमिटर टाढा बालाकोटमा हवाई हमला गरेको दाबी गरेको थियो। यसले प्रतिशोधको स्तर सीमापार वा हवाई हमलामा पुगेको प्रष्ट हुने उनीहरुले दावी गर्दा यो पल्ट पछि हटे यो आक्रमणमा नरेन्द्र मोदीले फाइदाका रुपमा प्रयोग गरेको सन्देश जाने तर्क समेत गर्छन् । जुन बाध्यताहरुले अवस्था भारतकै लागि पनि सेफ ल्यान्डिङ त्यति सहज देखिएको छैन ।
हुन त क कश्मिर हमलापछि मोदीमाथि नै प्रश्न छन् । विशेषत सुरक्षाउपस्थितिर तत्काल पाकिस्तानमाथिको आरोप । यही कारण उनीमाथि प्रश्न गर्नेले कुनै घरमा चोरी भएपहिले चौकिदारमाथि प्रश्न उठ्ने भन्दै व्यंग्य गरिरहेका छन् । यसको अर्थ पाकिस्तानलाईमात्र दोष दिएर मोदी उम्कन नसक्ने अवस्था रहँदा पाकिस्तानमाथि आक्रमण गरेरनिकास निस्कन सक्ने अवस्था छैन। बरु त्यसको क्षति भारतकै लागि बढी देखिँदाअवस्था कसरी अघि बढ्छ त्यो भारत र पाकिस्तानका एक एक कदममा निर्भर रहने छ । दुवैपक्षमा अनावश्यक उक्साहट र सानो गल्तीले समेत उत्पन्न हुने परिणाम सोचेभन्दा फरक र विनाशक हुने सम्भावनासमेत उत्तिकै छ ।
प्रतिक्रिया