राजनीति

नाउपा र जनमत पार्टीको बैठक बस्दै


काठमाडौं—नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको बैठक मध्यवानेश्वरस्थित एक क्याफेमा बस्ने भएको छ। रेशम चौधरी डिल्लीबजार कारागारबाट छुटेलगत्तै बैठक बस्न लागेका हो।

कारागारबाट सिधै मध्यबानेश्वर आएर जनमत र नाउपाका नेताहरूबीच बैठक बस्न लागेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, संरक्षण रेशम चौधरी लगायत अन्य नेताहरू पनि उपस्थित हुनेछन्।

रेशम लिन कारागार पुगेका जनमत अध्यक्ष राउतले रेशम पक्राउ पर्नु कर्मचारीको त्रुटि नभएर माथिबाट नै षड्यन्त्र भएको आरोपसमेत लगाएका छन्। उनले यसबारे अहिले बैठक बसेर निर्णय गर्ने समेत सञ्चारकर्मीसँग भनेका छन् ।