Breaking

माधवकुमार नेपालसहितका नेताले प्रधानमन्त्रीलाई मागपत्र बुझाए


काठमाडौ—नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको छ । बुधबार प्रधानमन्त्री ओलीलाई भेटेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मागपत्र बुझाएका हुन् । एकीकृ समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका अनुसार पार्टीले उठाउँदै आएका विभिन्न माग समेटेर प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

एकीकृत समाजवादीले १ चैतदेखि ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मूल नाराका साथ जारी राखेको आन्दोलनबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको उनले बताए । समग्रमा आगामी वार्षिक नीति तथा कार्यक्रममा आफूहरूले उठाउँदै आएको मुद्दा पनि सम्बोधन हुन सकोस् भनेर ध्यानाकर्षण पत्र बुझाइएको उने बताए ।

कतिपय विषयहरू सरकारले कानुन बनाएर पनि अगाडि बढ्न सकोस् भनेर व्यवस्थित रूपमा विषयहरू उल्लेख गरेर माग पत्र पेस गरिएको उनले बताए ।