काठमाडौं—भारतस्थित जम्मु कस्मिरको पहलगाममा भएको घटना एक साता बित्दा लाग्दा भारत र पाकिस्तान युद्धकै संघारमा देखिन्छन् । भारतले निगरानीका लागि सीमामा पठाएको ड्रोन सुरक्षा बलले खसालेको पाकिस्तानी रक्षा मन्त्रालयको दाबी छ । भारतले भने ड्रोन पठाएको स्वीकारेको छैन् ।
कश्मिरको बोर्डरमा भारत र पाकिस्तानका सेनाबीच दोहोरो फायरिङ निरन्तर चलेको छ । दुवै देशका सेनाहरु बोर्डरमा तैनाथ छन् भने दुवै देशका राष्ट्र प्रमुखहरु आन्तरिक सुरक्षा निकायसँग छलफलमा व्यस्त छन् ।
अहिले दुवै देश विश्वका शक्ति राष्ट्रहरुसँग युद्ध छेड्ने परामर्श गरिरहेका छन् ।
प्रतिक्रिया