काठमाडौं—सर्वोच्च अदालतले अदालतको अवहेलना रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जबाफ माग गरेको छ। मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो।
सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलका अनुसार सात दिनभित्र जबाफ पेस गर्न आदेश भएको हो। संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले केही दिन अघि भाषण गरेका थिए।
संवैधानिक नियुक्ति भएका पदमा समयावधि सकिने बेला भइसकेको तर पनि फैसला नगरिकन राखेको भन्दै अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर अवहेलना भएको भन्दै मुद्दा दायर भएको हो। अहिले संवैधानिक नियुक्तिको विषयमा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा छ।
प्रतिक्रिया